हामी पार्टी फुटाउने पक्षमा छैनौँ : नेता नेपाल
अखबार टुडे
प्रकाशित:
२०७७, ६ चैत्र

काठमाडौं ६ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले आफूहरु पार्टी फुटाउने पक्षमा नरहेको बताएका हुन् ।
नेता नेपालले आफूहरु सधै पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसलाअनुसार पुरानै स्थितिमा फर्कनुपरेपछि पार्टीका संबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भएपनि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको बताए ।
राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीलाई कारबाही गर्ने अध्यक्षले चेतावनी दिएपनि कसैको पद र जिम्मेवारी अध्यक्षले खोस्न नसक्ने बताए । उनले भने, ‘सबै धैर्यता र हिम्मतका साथ पार्टी एकताको पक्षमा उभियौँ ।’
२०७५ साल जेठ ३ गते दुईवटा पार्टी एकतावद्ध भए । एकतावद्ध हुनुभन्दा पहिले जेठ २ गते सम्म जुनजुन संरचना थिए । जो जो पदाधिकारी, सदस्य थिए । ती सबैलाई यथावत रुपमा जिम्मा दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया