महान्यायाधिवक्ता खरेलले दिए राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७७, ६ चैत्र

काठमाडौं, ६ चैत । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन् ।
खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए । खरेल २०६४ र २०७० को संविधानसभा सदस्य रहेका थिए ।
प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका उनी नेपाल बार एशोसिएसनका पूर्वमहासचिवसमेत हुन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई राजीनामा दिन दवाव दिएका थिए ।

प्रतिक्रिया