नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान
अखबार टुडे
प्रकाशित:
२०७७, ६ चैत्र

काठमाडौं, ६ चैत । नेपाल टेलिभिजनको महाप्रबन्धकमा पत्रकार तथा साहित्यकार फुलमान बल नियुक्त भएका छन् ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले चार वर्षका लागि बललाई महाप्रबन्धक नियुक्त गरेको हो । उनी खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त भएका हुन् ।
यसअघिका महाप्रबन्धक गोविन्द रोका ‘सचिन’ले फागुन पहिलो साता चार वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि रिक्त महाप्रबन्धकमा बललाई नियुक्त गरिएको हो ।
कान्तिपुर दैनिकमा डेढ दशकसम्म कला शैलीको संयोजकका रुपमा कार्य गरेका बलले फिल्म निर्देशनसमेत हुन् । उनले ‘नीर फूल’ नामक फिल्मको निर्देशन गरिसकेका छन् । त्यस्तै कविता साहित्यमा बल अब्बल मानिन्छन् ।

प्रतिक्रिया