नेपाल खबर

एमालेको २७ सदस्यीय संसदीय बोर्ड गठन : को को भए मनोनीत ?

काठमाडौं, ५ चैत । नेकपा एमालेको संसदीय बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बिहीबार बालुवाटारमा बसेको बैठकले बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाललाई पनि मनोनीत गरिएको छ ।

बोर्डको प्रमुखमा पार्टीको अध्यक्ष नेता केपी शर्मा ओली रहेका छन् । सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनीत भएका छन् ।
दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक बोर्डमा पदेन सदस्य रहने व्यवस्था रहेको सांसद शेरबहादुर तामाङले जनाएका छन् । उनका अनुसार बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहेका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top