जसपाको बैठक बस्दै नबसी स्थगित
अखबार टुडे
प्रकाशित:
२०७७, ५ चैत्र


काठमाडौं, ५ चैत । नता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको छ । शंखमुलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा ११ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन अधिकांश सदस्य आइसकेका थिए, तर अचानक बैठक स्थगित गरिएको हो ।
कार्यकारिणी सदस्य केशव झाका अनुसार बैठकको तयारी नपुगेको कारण स्थगित गरिएको हो । पार्टीको समायोजनका कामहरुको दस्तावेज तयार नभएको भन्दै बैठक स्थगित गर्नु परेको बताइएपनि सत्ता समीकरणका लागि कसलाई सहयोग गर्ने विषयमा दुई पक्षको बीचमा कुरा नमिल्दा स्थगित स्रोतको भनाइ छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष बीचमा कुराकानी मिलेको छैन । बुधबार अबेरसम्म दुवै पक्ष छुट्टा छुट्टै छलफलमा जुटेका थिए । तर, सत्ता समीकरणमा माओवादी केन्द्रलाई वा एमालेलाई सहयोग गर्ने भन्ने विषयमा जसपामा विवाद छ ।

प्रतिक्रिया