शितल निवासमा सर्वदलीय बैठक : माधव, झलनाथ र बाबुराम गएनन्
अखबार टुडे
प्रकाशित:
२०७७, ३ चैत्र

काठमाडौं, ३ चैत । राष्ट्रपति निवास शितल निवासमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबामर बैठकए बोलाएकी हुन् । बैठकमा समयसामयिक विषयमा छलफल हुने बताइएको छ ।
पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताालाई बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल र डा बाबुराम भट्टराई उपस्थित भएका छैनन् ।
एमाले नेता विष्णु रिजालका अनुसार नेपाल र खनाल राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी नभएका हुन् ।
पूर्वप्रधानमन्त्री भट्टराईको भने स्वास्थ्यमा समस्या आएका कारण बैठकमा सहभागी हुन नसक्ने उनका स्वकीय सचिव रोशन पोखरेले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत गएका छन् ।

प्रतिक्रिया