बालुवाटारमा ओलीको चियापान, माधव पक्षद्वारा बहिस्कार
अखबार टुडे
प्रकाशित:
२०७७, ३ चैत्र

काठमाडौं, ३ चैत । नेकपा एमाले ओली पक्षले बालुवाटारमा चियापानको आयोजना गरेको छ । एमाले पुर्नस्थापित भएको खुसीयालीमा मंगलबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफू निकटका सांसद र केन्द्रीय सदस्यहरुलाई चियापान गराएका हुन् ।
चियापानमा माधव नेपाल पक्षका नेताहरू भने सहभागी भएका छैनन् । अध्यक्ष ओलीले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई चियापानका लागि बोलाएका थिए । तर, माधव पक्षले ओलीको चियापान कार्यक्रम बहिस्कार गरेका छन् ।
माधव नेपाल पक्षले फागुन २८ गतेको निर्णय बदर हुनुपर्ने माग गरेको छ । तर, अध्यक्ष ओलीले ती सबै विषय केन्द्रीय कमिटी बैठकमा छलफल गरिने भन्दै नेपाल पक्षको शर्त अस्वीकार गरेका छन् ।

प्रतिक्रिया