‘मिस्टर एण्ड मिस रौनियार’को उपाधि अस्मित र आँचललाई
अखबार टुडे
प्रकाशित:
२०७७, ३ चैत्र

काठमाडौं, ३ चैत । दोश्रो संस्करणको ‘मिस्टर एण्ड मिस रौनियार–२०२१’को उपाधि अस्मित गुप्ता र मिस रौनियार २०२१ को उपाधि आँचल रौनियारले जितेका छन् ।
एमी इन्टरटेनमेन्ट प्रालिद्धारा आयोजित प्रतियोगितामा आँचलले पब्लिक च्वाईस अवार्ड पनि हाँसिल गरिन् भने अस्मितले मिस्टर ट्यालेन्टको उपाधि जिते ।
काठमाडौं, विराटनरलगायत विभिन्न स्थानका गुप्ता तथा रौनियार समुदायका युवा युवतीबीच भएको प्रतियोगितामा निर्णायकमा अभिनेता रणधिर शाह, मोडल बिपना थापा, रौनियार सेवा समाज बिराटनगरका अध्यक्ष रामनरेश शाह, उड्यान प्राधिकरण क्षेत्रकी संगीत रौनियार र फेसन डिजाइनर सरगम श्रेष्ठ थिए ।


प्रतियोगितामा मिस्टर रौनियारतर्फ फस्ट रनरअपसँगै बेस्ट पर्सनालिटी र म्यानेजमेन्ट च्वाईसको आवर्ड सर्वजित रौनियारले, सेकेन्ड रनरअपसँगै फोटोजेनिक र बेस्ट पर्फमेन्सको अवार्ड राज रौनियारले हासिल गरे ।
भिवर्स च्वाईस र पब्लिक च्वाईसको अवार्ड श्याम रौनियारले, बेस्ट वाकको अवार्ड अंकित रौनियारले, म्यानेजमेन्ट च्वाईस अवार्ड अजयप्रसाद गुप्ताले हासिल गरे । बिराटनगरबाट मिस्टर ट्यालेन्ट आयुष रौनियार बनेका छन् ।
प्रतियोगितामा मिस रौनियारतर्फ फस्ट रनरअपको उपाधि शिक्षा गुप्ताले, सेकेन्ड रनरअपसँगै बेष्ट पर्फमेन्सको उपाधि ज्योति रौनियार र मिस ट्यालेन्टको उपाधि काठमाडांैबाट खुश्बु रौनियार, बिराटनगरबाट रुचि रौनियारले हासिल गरेका छन् । साथै, म्यानेजमेन्ट च्वाई अवार्ड नन्दिनी कुमारी गुप्ता, मिस फोटो जेनिक सोमनकुमारी गुप्ता, बेस्ट क्याटवाक सालु कुमारी रौनियार, मोस्ट चार्मिङ स्नेहा रौनियार र बेष्ट पर्सनालिटीको अवार्ड प्रिती रौनियारले प्राप्त गरे ।
आयोजक राजन रौनियारले रौनियार समुदायका युवा युवतीको प्रतिभा प्रस्तुतिका लागि आफुहरुले यो प्रतियोगिता तीन वर्ष यताबाट आयोजना गर्दै आएको बताए ।

प्रतिक्रिया