राष्ट्रपतिले किन बोलाइन् सर्वदलीय बैठक ?
अखबार टुडे
प्रकाशित:
२०७७, २ चैत्र

काठमाडौं, २ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् । शीतल निवासमा मंगलबार सर्वदलीय बैठक बस्ने भएको हो ।
बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । सर्वदलीय बैठकको एजेण्डा के हो भन्ने खुलाइएको छैन । तर, पछिल्लो राजनीतिक घटनाक्रम र निकासबारे छलफल गर्नका लागि बैठक आह्वान गरिएको स्रोतले जनाएको छ । मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।
सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील भएपछि सत्ता समीकरणमा हेरफेरको सम्भावना बढ्दै गएको अवस्थामा राष्ट्रपतिले सर्वदलीय बैठक आह्वान गरेकी हुन् ।

प्रतिक्रिया