इजिप्टतिर लागिन् अनुश्मा
अखबार टुडे
प्रकाशित:
२०७७, २ चैत्र

काठमाडौं, २ चैत । ‘मिस इको इन्टरनेशनल नेपाल–२०२०’की बिजेता अनुश्मा रायमाझी इजिप्ट उडेकी छन् । अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’मा सहभागी हुन उनी इजिप्ट उडेकी हुन् ।
६० भन्दा बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगितामा उनी नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी हुन् । मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उनलाई त्यसतर्फ पठाएको हो ।
२१ वर्षीय रायमाझीले ‘मिस इको इन्टरनेशनल’को ताज नेपाल भित्र्याउने उद्देश्यसहित आफु सहभागी हुन लागेको बताइन् । १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगितामा रायमाझी नेपाली कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थलको भिडियोसहित त्यसतर्फ उडेकी छन् ।
‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एलटीसिपि अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई २०१५ इजिप्टदेखि सुरु गरेको प्रतियोगिताको उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्ने रहेको छ ।

प्रतिक्रिया