माओवादी केन्द्रको बैठकमा नाम फेर्ने एजेण्डा
अखबार टुडे
प्रकाशित:
२०७७, १ चैत्र

काठमाडौं, १ चैत । नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने एजेण्डा अगाडि सारेको छ । आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा राखिएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको एजेण्डामाथि छलफलक्रममा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले मान्यता नदिएपछि पुनः नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।
माओवादी केन्द्र पुर्नस्थापित भएसँगै बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव राखिएको हो । पार्टीका एक केन्द्रीय सदस्यका अनुसार पार्टी एकताको समेत एजेण्डामा राखिएको छ ।
संगठनात्मक काम, पार्टी विधान र पार्टी अनुशासनसम्बन्धी विषय पनि एजेण्डामा समेटिएको ती नेताले बताए । यसबारे कार्यकर्ता भेलाले निर्णय गर्ने बताइएको छ । सोमबारका लागि तय भएको राष्ट्रिय भेला भने स्थगित गरिएको छ ।

प्रतिक्रिया