न्युयोर्कमा आफ्नै डिजाइनमा प्रियंकाको रेष्टुरेण्ट
अखबार टुडे
प्रकाशित:
२०७७, २९ फाल्गुन

काठमाडौं, २९ फागुन । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले अमेरिकाको न्यूयोर्क सहरमा रेष्टुरेन्ट सञ्चालनमा ल्याउँदैछिन् । अभिनेत्री प्रियंकाले इन्स्टाग्राममार्फत ‘सोना’ नामको नयाँ रेष्टुरेन्ट सञ्चालन गर्न लागेको जानकारी गराएकी हुन् ।
उनका अनुसार रेष्टुरेण्टमा भारतीय खाना ’सर्भ’ गरिनेछ । रेष्टुरेन्टको इन्टेरिअर डिजाइन, मेनु, संगीत र नामसमेत प्रियंका आफैले छनोट गरेकी हुन् । उनले इन्स्टाग्राममा आफू र आफ्नो श्रीमान निक जोनाससँग रेष्टुरेन्ट पूजा गरेको फोटो सेयर गर्दै लेखेकी छन्, ‘सोना प्रस्तुत गर्न पाउँदा निकै खुशी लागेको छ । म न्यूयोर्क सडकमा भारतीय खानाको स्वाद पस्कदैछु ।’
प्रियंकाले रेष्टुरेन्ट यही महिनाको अन्तिमसम्म सञ्चालनमा आउने बताएकी छन् । उनले भनिन्, ‘अर्को महिनाको अन्तसम्म सोना सञ्चालनमा आउँदैछ । तपाइँहरूलाई त्यहाँ भेट्न निकै उत्साहित छु ।’
अभिनेत्री प्रियंकाले रेष्टुरेन्ट सञ्चालनमा साथी मनिष गोयल र डेविड रेबिनको नेतृत्व र साथ मिलेको बताएकी छन् । इन्स्टाग्राममा प्रियंकाले तीन वटा फोटो सेयर गरेकी छन् । जसमध्ये दुई फोटोमा उनी र निकले पूजा गरिरहेको देखिन्छ ।

प्रतिक्रिया