नेपाल खबर

केपी ओलीसँग सहकार्य गर्नलाई दिमाग बिग्रेको छैन : उपेन्द्र यादव

काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केपी ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भएको बताएका छन् ।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेतासँग पेरिसडाँडामा छलफलपछि उनले भने, ‘केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य हुन सक्दैन ।’ अध्यक्ष यादवले उल्टै प्रश्न गर्दै भने, ‘कसको दिमाग बिग्रिएको छ र केपी ओलीको सरकारमा जानू ?’
बैठकमा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने र सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भएका बताए । ओलीलाई सरकाबाट हटाउने सहमति नजिक नेपाली कांग्रेस, माओवादी केन्द्र र आफूहरू पुगेको उनको भनाइ छ ।
उनले सरकारसँग रेशम चौधरीको रिहाइको एजेन्डामाथिमात्रै छलफल भएको दोहोर्याए । जसपाका अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेताको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न शनिबार बिहान पेरिसडाँडा पुगेका थिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top