गृहमन्त्री थापासहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७७, २९ फाल्गुन

काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।
शनिबार पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ ।
शुक्रबारमात्रै बादलसहितका २४ जना माओवादी केन्द्रका नेताहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । साथै, केही नेतालाई एमालेले महत्वपूर्ण जिम्मेवारी समेत दिएको छ ।

प्रतिक्रिया