माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यको आकस्मिक बैठक
अखबार टुडे
प्रकाशित:
२०७७, २८ फाल्गुन

काठमाडौं, २८ फागुन । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेकका पदाधिकारीहरु खारेज गर्ने निर्णय गरेपछि आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल–नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।
साथै, ओलीले शुक्रबार नै नेकपा माओवादी केन्द्रका २२ जनालाई एमालेको केन्द्रीयm सदस्यमा मनोनय गरेको छ । शुक्रबार नै प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीले एमालेको महाधिवेशनको मिति एकलौटी तय गरेको छ । शुक्रबारको निर्णयअनुसार एमालेको महाधिवेशन आउँदो मंसिर २ देखि ६ गते हुनेछ ।

प्रतिक्रिया