बालुवाटारमा प्रधानमन्त्री र राजपा नेताबीच छलफल : राजपाको अढान कायमै
अखबार टुडे
प्रकाशित:
२०७७, २७ फाल्गुन

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल भइरहेका छ । प्रधानमन्त्री ओलीसँग आफ्ना माग र सत्ता समीकरणबारे छलफलका बिहीबार राजपाका नेताहरु बालुवाटार पुगेका छन् ।
सचिवालय बैठक सकेपछि जसपाका नेताहरु आफ्ना मागबारे प्रधानमन्त्रीसँग छलफलका लागि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका हुन् । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत अवस्था पुर्याएपछि ओलीले सत्ता जोगाउन राजपासँग छलफल अगाडि बढाएको हो । पछिल्लो राजनीति घटनाक्रमले राजपालाई सरकार गठनमा निर्णायक मानिएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न नेताहरू पूर्वप्रधानमन्त्री तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई बालुवाटार पुगेका हुन् ।
जसपाको शीर्ष नेताहरूको बिहीबारको बैठकले पाँच शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक परिस्थिति र दलले विगतदेखि उठाउँदै आएका मागबारे छलफल गर्ने जिम्मेवारी दिएको थियो ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना माग सम्बोधन गराउने र सत्तासमीकरणबारे छलफल गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।
यता, बालुवाटार जानु अघि जसपाका अध्यक्ष महन्थ ठाकुरले नेता, कार्यकर्ताको मुद्धा फिर्ता तथा जेलमा रहेका नेताहको रिहाइ गर्ने माग पूरा भएमात्रै सत्ता समीकरणको विषयमा छलफल गर्ने बताएका थिए ।

प्रतिक्रिया