प्रधानमन्त्री ओलीको गतिविधिप्रति खनाल र नेपालको आपति
अखबार टुडे
प्रकाशित:
२०७७, २७ फाल्गुन


काठमाडौं, २७ फागुन । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिप्रति आपत्ति जनाएका छन् ।
नेता खनाल र नेपाल निकट स्थायी कमिटी सदस्यहरुको छलफलले ओली पक्षबाट भइरहेको गतिविधिविरुद्ध आपत्ति जनाउँदै बक्तव्य नै जारी गर्ने निर्णय गरेको छ ।
‘सर्वोच्च अदालतको फैसलाअनुसार एमाले पुर्नस्थापित भएको हो । तर, अहिलेजस्तो गतिविधि भइरहेको छ, त्यसप्रति आपत्ति छ’, एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार, पार्टी कार्यालय कब्जा गर्ने र फरक समूहलाई समर्थन गरेकै कारण आक्रमण गर्ने गतिविधिविरुद्ध खनाल र नेपालले बक्तव्य जारी गर्दैछन् ।
अदालतको फैसलापछि सबै एकैपटक एमाले भएकाले कसैले कसैमाथि आरोप नलगाउन पनि खनाल र नेपालले आग्रह गर्ने तयारी गरेका छन् । ‘अहिले कोही पहिलेबाटै एमाले भएको र कोही भर्खरै भएको जस्तो व्यवहार गरिदैछ, यस्तो गतिविधि बन्द गरिनुपर्छ’, ती नेताले भने ।

प्रतिक्रिया