जीवनशैली

सेलेनाले किन सन्यास लिन लागिन् ?

न्यूयोर्क, २७ फागुन (एजेन्सी) । अमेरिकी चर्चित गायिका तथा अभिनेत्री सेलेना गोमेजले संगीतबाट सन्यास लिने सोच बनाएको बताएकी छन् । भोग म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएकी हुन् । अप्रिल महिनाको भोगको कभर स्टोरीमा गोमेज छानिएकी छन् ।
अभिनेत्री गोमेजले भनेकी छन्, ‘जब मानिसहरुले तपाइँलाई गम्भीर रुपमा लिँदैनन्, तब संगीत गर्न गाह्रो हुन्छ । मेरा जीवनमा त्यस्ता धेरै क्षणहरु आएका छन् । जतिबेला मैले संगीत किन गरिरहेको छु, के कारणले गरिरहेको छु भन्ने आफ्नै प्रश्नको सामना गरेको छु ।’
आफूले गाएकामध्ये सबैभन्दा मनपर्ने गीत ‘लुज यु टु लभ मी’ भएको समेत उनले बताएकी छन् । यस गीतका प्रशंसक धेरै छन् तैपनि धेरैले यो गीत राम्रो नभएको बताइरहेका छन् ।
गायिका तथा अभिनेत्री गोमेजले भनेकी छन्, ‘मैले निकाल्ने अर्को एल्बम फरक हुनेछ । मैले संगीतबाट सन्यास लिन अगाडि अन्तिम प्रयास गर्न चाहन्छु ।’ गोमेज चर्चित गायक जस्टिन बिबरसँग अफेयर्सका कारण चर्चामा आएकी थिइन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top