नेता नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको छुट्टै बैठक
अखबार टुडे
प्रकाशित:
२०७७, २७ फाल्गुन

काठमाडौं, २७ फागुन । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको छुट्टै बैठक बस्ने तयारी भएको छ । नेकपा दुई खेमामा हुँदा प्रचण्ड समूहमा रहेका नेता नेपाल एमालेमै फर्किएपनि छुट्टै भेला गर्न लागेका हुन् । उनीहरु एमालेको पुर्नसंरचनाबारे छलफल गर्न जुट्न लागेको बताइएको छ ।
केन्द्रीय कमिटी बैठकमा जुटेकै सहमतिबारे थप छलफल गर्न नेपाल पक्षका नेताहरु जुटेको एक एक स्थायी कमिटी सदस्यले बताए । एमालेको स्थायी कमिटीमा माधव नेपाल निकट ११ स्थायी कमिटी सदस्य छन् । दुई वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भूसाल, तीन सचिव गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई, सदस्य सुरेन्द्र पाण्डे छन् ।
वामदेव गौतम तटस्थ रहेको र विद्यादेवी भण्डारी राष्ट्रपति रहेकाले अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटीमा अल्पमतमा छन् । ओलीसँग महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, दुई सचिव प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सदस्यहरु किरण गुरुङ, छविलाल विश्वकर्मा र शंकर पोखरेल छन् ।

प्रतिक्रिया