मनिषाले गाइन् ‘महामृत्युञ्जय’ भजन
अखबार टुडे
प्रकाशित:
२०७७, २६ फाल्गुन

काठमाडौं, २६ फागुन । बलिउड अभिनेत्री मनीषा कोइराला भजनकीर्तनतिर लागेकी छन् । महाशिवरात्रिको अवसर पारेर मनिषाले ‘महामृत्युञ्जय’ भजन सार्वजनिक गर्दै छन् ।
केही दिनअघि मात्रै उनले आफ्नो स्वरमा रेकर्ड गराएको उक्त भजन नेपाल तथा भारतमा एकसाथ सार्वजनिक जनाएकी छन् । मनिषाले पहिलोपटक भजन गाएकी हुन् ।
सांगीतिक समुह ‘सुरसुधा’सँगको सहकार्यमा आफूले भजन ल्याउन लागेको मनिषाले बुधबार सामाजिक सञ्जाल ट्वीटमार्फत जानकारी गराएकी हुन् । ट्वीटमा उनले भजनको सार्वजनिक र सहकार्यबारे जानकारी दिएकी छन् ।
सुरसुधाका तबलाबादक सुरेन्द्र श्रेष्ठले महामृत्युन्जय मन्त्रलाई आफैँले संगीतबद्ध गरेर तयार गरेका हुन् । भजनमा अभिनेत्री कोइरालासहित सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलाबादक श्रेष्ठको पनि स्वर रहेको छ ।

प्रतिक्रिया