माओवादी केन्द्रद्वारा चार सदस्यीय कार्यदल गठन
अखबार टुडे
प्रकाशित:
२०७७, २६ फाल्गुन

काठमाडौं, २६ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न पार्टीका नेतासँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् ।
पार्टीको निर्णयअनुसार संसद, सरकार र राजनीतिक विषयमा दलहरूसँग गर्ने छलफलबारे अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता डा.बाबुराम भट्टराईसँग अध्यक्ष प्रचण्डले छलफल गरेका थिए । त्यस्तै बुधबारको बैठकमा चैत्र १ गते बस्ने केन्द्रीय समिति बैठक र २ गते हुने भेला प्रशिक्षणमा सहभागी हुने नेता कार्यकर्ताको मापदण्ड तय गरेको छ ।
बैठकले संगठनलाई मूर्तरुप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा लीलामणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जनार्दन शर्मा रहेका छन् । त्यस्तै माओवादी केन्द्रले यो संसद अबको २ वर्ष टिक्नुपर्ने भन्दै अन्य दलसँगको छलफल जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया