जसपाले उधारोमा सत्ता साझेदारी नगर्ने, यस्ता छन् शर्त
अखबार टुडे
प्रकाशित:
२०७७, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी (जसपा)ले सत्ता साझेदारीका लागि पाँच सदस्यीय कार्यदल गठन गर्ने भएको छ ।
समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले एमाले, कांग्रेस र माओवादी केन्द्रसँग वार्ताका लागि कार्यदल बनाउने भएको हो ।
कार्यदलमा रहनेहरूको नाम बुधबार सार्वजनिक गरिने जसपाका सांसद महम्मद इस्तियाक राईले जानकारी दिए । उनका अनुसार त्यो कार्यदलले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल गर्नेछ ।
जसपाका नेता राजेन्द्र महतोले सत्ता समीकरणका लागि सबै दलसँग छलफल गर्न आफ्नो दल खुला रहेको बताएका छन् । नेकपा एमालेसँग सत्ताका विषयमा वार्ता भइसकेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा महतोले भने ‘हामी अब उधारोमा कसैसँग पनि सहकार्य गर्दैनौँ ।’ उनले विगतका अनुभवले अगाडि बढ्ने बताए ।

प्रतिक्रिया