नेपाल खबर

आयोगले भन्यो, ‘पुनः एकता गर्ने भए १५ दिनभित्र आउनु’

काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुनः एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।
मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।
सर्वोच्चले एकीकरण गर्ने भएमा आयोगले निश्चित समय तोकेर बोलाउन परमादेशको आदेश जारी गरेको थियो ।
‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सर्वोच्च अदातलतको फागुन २३ गतेको फैसलाले बदर भएको छ,’ आयोगको निर्णयमा भनिएको छ ।’
‘अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित जानकारी गराउने ।’ आयोगले भनेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top