जीवनशैली

प्रियंकाको जीवनीमा के छ ?

काठमाडौं, २५ फागुन । बलिउकी चर्चित अभिनेत्री प्रियंका चोपडा जोनासले आफ्नो जीवनी सार्वजनिक गरेकी छन् । ‘अनफिनिश्ड’ नामक उक्त जीवनीमा उनले आफ्ना भोगाइका कथाहरु समेटेकी छन् । साथै प्रियंकाले सार्वजनिक जीवनमा रहनुपर्दाका रमाइलो र तितो अनुभव पनि समाविष्ट गरेकी छन् ।
त्यस्तै, अमेरिकी पपस्टार निक जोनाससँगको बिहेबारे पनि उनले आफ्नो जीवनमा लेखेकी छन् । नयाँ एक टिभी शोको छायाँकनका लागि लण्डन पुगेपछि उनी नोभेम्बरदेखि लकडाउनका कारण उतै अड्कएिकी छन् ।
आफ्नो जीवनी सार्वजनिक गरेपछि प्रियंकाले आफ्नाबारे धेरै कुरा दर्शक तथा आफ्ना शुभचिन्तकले थाहा पाउने प्रतिक्रिया दिएकी छन् । उनले भनिन्, ‘म प्रति चासो र बुझ्न चाहनेहरुलाई यो पुस्तक सहयोगी बन्नेछ ।’

Click to comment
To Top