सेनाको प्याराग्लाईडिङ दुर्घटना
अखबार टुडे
प्रकाशित:
२०७७, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । सेना दिवसको तयारीका लागि सैन्य अभ्यासमा उडाइउको सेनाको प्याराग्लाईडिङ काठमाडौंमा दुर्घटना भएको छ ।
मंगलबार प्रदर्शनीमार्गमा अभ्यासका लागि उडाएइको प्याराग्लाइडिङ याण्ड हुनुपर्ने बिन्दुभन्दा बाहिर खस्दा खसेको हो । प्याराग्लाइडिङमा सवार तिनजना सैनिकलाई नेपाली सेनाको एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ ।
तीन जना सैनिकको अवस्था सामान्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हावाको गतिका कारण टुँडिखेलमा ल्याण्ड हुनुपर्ने प्याराग्लाइडिङ फरक ठाउँमा ल्याण्ड भएको बताइएको छ ।

*प्रतिकात्मक फोटो

प्रतिक्रिया