केन्द्रीय कार्यालय पुरानै स्वरुपमा, झुण्ड्याइयो एमालेको बोर्ड
अखबार टुडे
प्रकाशित:
२०७७, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । धुम्बाराहीसिथत नेकपाको केन्द्रीय कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएसँगै एमालेका कार्यकर्ताले विभिन्न जिल्लाहरुका पार्टी कार्यालयहरुमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्न सुरु गरेका थिए ।
यसैक्रममा एमालेको केन्द्रिय कार्यालय धुम्बाराहीमा मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको बताइएको छ ।
सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । त्यसपछि एमाले र माओवादी केन्द्र आ–आफ्नै पार्टीमा फर्किएको हो ।

प्रतिक्रिया