अन्ततः नेकपा आ-आफ्नै बाटोमा !
अखबार टुडे
प्रकाशित:
२०७७, २४ फाल्गुन

काठमाडौं, २४ फागुन । अन्ततः नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहका स्थायी कमिटी बैठकले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको हो ।
नेता झलनाथ खनालका अनुसार पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गर्ने भएको छ ।
नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको नेकपामा एक स्थायी कमिटी सदस्यले जनाए । सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।
यस्तै, निर्वाचन आयोगले समेत नेकपा एमाले र माआवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्कँन मंगलबार पत्र पठाउने तयारी गरेको छ । स्रोतका अनुसार सर्वोच्चको पत्र पाउनेवित्तिकै आयोगले पूर्व एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्कँन पत्र काट्न लागेको हो ।

प्रतिक्रिया