विप्लवलाई किन भेटिइन् रेखाले ?
अखबार टुडे
प्रकाशित:
२०७७, २४ फाल्गुन

काठमाडौं, २५ फागुन । नेपाली फिल्मकी अभिनेत्री रेखा थापाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । रेखाले समाजिक संजाल फेसबुकमा तस्विर सार्वजनिक गर्दै विप्लवसँग भेटबारे जानकारी गराएकी हुन् ।
केही दिनअघि मात्र सरकारसँग वार्ता र सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’सँग रेखाले किन भेटे ? त्यो खुलाइएको छैन । यससघि सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि रेखाले विरोधसमेत गरेकी थिइन् ।
अहिले सरकारले प्रतिबन्ध फुकुवा गरेको दुई दिन नवित्दै रेखा र विप्लवबीच भेटलाई लिएर विभिन्न आँकलन गर्न थालिएको छ । उनले ‘विप्लव’सँग भेटलाई सामान्य भेटवार्ता मात्र भनेकी छन् ।
अहिले रेखा नयाँ फिल्म निर्माण तयारी छिन् । फिल्मको वैशाखबाट सुटिङ तयारी भइरहेको उनले बताएकी छन् ।

प्रतिक्रिया