अवरोध र बहिस्कारपछि प्रतिनिधिसभा बैठक २६ फागुनसम्म स्थगित
अखबार टुडे
प्रकाशित:
२०७७, २३ फाल्गुन

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा बैठक २६ फागुनसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभा पुर्नस्थापानापछि पहिलोपटक आइतबार बैठक बसेको हो । बैठकमा नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोधलगत्तै सूचना टाँस गरि २६ फागुनको दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो ।

बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड–माधव पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए । बैठकमा प्रचण्ड माधव पक्षका सांसद भीम रावलले पहिलो बैठकमा कार्यसूचीमा भएको फेरबदलप्रति आपत्ति जनाएका थिए । रावलले कार्यसूची परिवर्तन गर्न माग गरेका छन् ।
रावल बोल्दा बोल्दै अर्का सांसद खगराज अधिकारीले रावलको नियमापत्ति प्रति असहमति जनाउदै सच्याउन सभामुखलाई आग्रह गरेका थिए । त्यस्तै बैठकमा काँग्रेस सांसदहरुले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्ने घोषणा गरेका छन् । काँग्रेस सांसद पुष्पा भुसालले काँग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश स्वीकार नगर्ने बताएकी छन् ।

प्रतिक्रिया