नेकपाको आधिकारिकता कट्टेललाई : सत्तारुढ नेकपा खारेज !
अखबार टुडे
प्रकाशित:
२०७७, २३ फाल्गुन

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । यससँगै सत्तारुढ दल नेकपा खारेज भएको छ ।
आाइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदनमाथि फैसला गर्दै नेकपाको आधिकारिकता उनलाई दिएको हो ।
यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोगमा मुद्दा दर्ता गरेका थिए ।
आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप (ने. क. पा.) भएकाले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पार्टीलाई (नेकपा) बनाएर दर्ता गर्न दिएको थियो ।

प्रतिक्रिया