नेपाल खबर

पुर्नस्थापित प्रतिनिधिसभा बैठक : सम्भावित कार्यसूचि हटाइयो

काठमाडौं, २३ फागुन । पुर्नस्थापित प्रतिनिधिसभाको आज बस्ने पहिलो बैठकका लागि तय गरिएका सम्भावित सबै कार्यसूची हटाएर राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र शोक प्रस्तावमात्र पारित गरिने भएको छ ।
नेकपाको आन्तरिक विवादले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेपछि सम्भावित कार्यसूची सभामुख अग्नी सापकोटाको निर्देशनमा हटाइएको हो ।
नेकपा विभाजित भएपनि कानुनी रुपमा विवादको टुंगो नलागेकाले संसद सचिवालयलाई पनि बैठक व्यवस्थापन गर्न कठिन भएको छ । आज बैठक सुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक टुंगिने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन् । बैठक आज दिउँसो ४ बजे बस्ने कार्यक्रम तय भएको छ ।
अधिवेशनको पहिलो दिन संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सुभकामना मन्तव्य दिने चलन भएपनि आन्तरिक विवादका कारण त्यसलाई पनि स्थगित गरिएको जनाइएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top