प्रतिनिधिसमा बैठक आइतबार बस्दै : प्रधानमन्त्री अविश्वासको प्रस्ताव फेश गर्न तयार
अखबार टुडे
प्रकाशित:
२०७७, २२ फाल्गुन

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन् । शनिबार बालुवाटारमा बसेको नेकपा ओली समूहको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावमा डटेर सामना गर्ने बताएका हुन् ।
संसदमा विश्वासको मतसमेत नमाग्ने उनले बैठकलाई जानकारी गराएका थिए । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकअघि डाकिएको बैठकमा ओलीले विधि र पद्धतिअनुसार प्रस्तावको सामना गर्ने जानकारी दिए ।
प्रतिनिधिसभा पर्नुस्थापनापछि पहिलोपटक आइतबार बस्ने बैठक बस्दैछ । सो बैठकमा नेकपा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । शुक्रबार बसेको दाहाल–नेपाल समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीयको दलको नेता चयन गर्दै ओलीलाई अविश्वासको प्रस्ताव ल्याएरै हटाउने निर्णय गरेको हो ।
यस्तै, नेकपा ओली समूहले संसदीय दलको बैठकमा १ सय १५ सांसद उपस्थित रहेको दावी गरेको छ । शनिबार बसेको संसदीय बैठकमा ११५ जना सांसद उपस्थिति रहेको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले दावी गरे । उनका अनुसार राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद उपस्थित भएको जनाएका छन् ।

प्रतिक्रिया