प्रधानमन्त्रीले भोली कोरोनाविरुद्धको खोप लगाउने
अखबार टुडे
प्रकाशित:
२०७७, २२ फाल्गुन

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाउने मन्त्रालयका सचवि लक्ष्मण अर्यालले जानकारी दिएका छन् । आइतबार संवैधानिक निकायका पदाधिकारीहरुले समेत खोप लगाउने बताइएको छ ।
यो चरणमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने योजना छ । १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि आइतबारदेखि नै खोप लगाइने भएको छ ।

प्रतिक्रिया