‘देउता छ कि छैन’ गीतको भिडियोमा प्रियांशु (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, २२ फाल्गुन

काठमाडौं, २२ फागुन । सात वर्षीया प्रियांशु श्रेष्ठ एक म्युजिक भिडियोमा देखिएकी छन् । प्रियांशु पछिल्लो समयकी चर्चित फेसन डिजाइनर कुसुम श्रेष्ठकी छोरी हुन् ।
सुगम संगीतका लोकप्रिय गायक राज सिग्देलको नयाँ गीतको भिडियोमा प्रियांशुले बालकलाकारका रुपमा अभिनय गरेकी छन् । ‘देउता छ कि छैन भन्ने नसोध न भो’ बोलको गीतको भिडियोमा प्रियांशुको छोटो भूमिका छ । तर, भूमिका महत्वपूर्ण छ ।
यस गीतको भिडियोलाई कथानकरुपमा प्रस्तुत गरिएको छ । प्रियांशुको भूमिका के हो भन्ने बुझ्न पूरै भिडियो हेर्नुपर्ने हुन्छ । भिडियोको कथाभित्र राज सुरुमा लुटेरा हुन्छन् । लुट्नेक्रममा एक नाबालक बच्चाकी आमाको हत्या गर्छन् । त्यसको पश्चतापपछि उनी लुटपाटको धन्दा छाडेर बदम बेच्न थाल्छन् । आफूले हत्या गरेकी ती महिलाको बच्चालाई उनी बदम बचेरै हुर्काउन बढाउनतिर लाग्छन् । तिनै महिलाकी बच्चाको भूमिकामा प्रियांशु देखिएकी छन् । भिडियोले सकात्मक सन्देश दिएको छ ।
गीत र भिडियो मार्मिक छ । टिकटिकमा समेत सक्रिय बालकलाकार प्रियांशुको यो पहिलो अभिनीत भिडियो हो । तर, उनको अभिनय दम्दार छ । डिल्लीबजारस्थित कुसुम द बुटिक सञ्चालन गर्दै आएकी डिजाइनर कुसुमका अनुसार प्रियांशु अभिनय र मोडलिङ गर्न रुचाउँछिन् । हाल नक्सालस्थित बृहस्पति विद्या सदनमा कक्षा २ मा अध्ययनरत प्रियांशु भन्छिन्, ‘भिडियोमा अभिनय गर्दा रमाइलो लाग्यो ।’
सगोत्री आचार्यको शब्दरचना र चण्डिप्रसाद काफ्लेको संगीत रहेको यस गीतको भिडियोलाई अनुप चापागाइँले निर्देशन गरेका हुन् । पशुपति मन्दिर परिसरमा छायाँकन गरिएको यस भिडियोमा बुद्ध थापाको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।

प्रतिक्रिया