अर्थमन्त्री पौडेलमाथि गृहजिल्लामै नाराबाजी र ढुंगा प्रहार
अखबार टुडे
प्रकाशित:
२०७७, २१ फाल्गुन

बुटवल, २१ फागुन । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा अर्थमन्त्री विष्णु पौडेलविरुद्ध स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् । शुक्रबार ठूलो सुरक्षा घेराबीच मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेपनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गरेका थिए ।
स्थानीयले अर्थमन्त्री पौडेललाई भूमाफियालगायतका आरोप लगाउंँदै नाराबाजी गरेका थिए । नाराबाजी र ढुंगा प्रहार हुन थालेपछि अर्थमन्त्री पौडेलले २ मिनेटमै आफ्नो मन्तव्य टुंग्याएर हिँडेका थिए । रुपन्देही पौडेलको गृहजिल्ला हो ।
स्थानीयले बिहीबार पनि शिलान्यास कार्यक्रमका लागि तयार गरेको स्टेज भत्काइदिएका थिए । तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले प्रहरी परिचालन गरी पुनः मञ्च बनाएका थिए ।

प्रतिक्रिया