नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन
अखबार टुडे
प्रकाशित:
२०७७, २१ फाल्गुन

काठमाडौँ, २१ फागुन । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।
सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले विधिवतरुपमा संसदीय दलको नेता परिर्वतन गरेको छ । संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिएका थिए ।
बैठकअघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर संकलन गरेको थियो ।
समूहले संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दावी गरेको छ । सांसद सोमप्रसाद पाण्डेले आफ्नो पक्षमा ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको दावी गरेका छन् ।

प्रतिक्रिया