सरकार र विप्लवबीच तीन बुँदे सहमतिमा हस्ताक्षर (के छ सहमतिमा ?)
अखबार टुडे
प्रकाशित:
२०७७, २१ फाल्गुन

काठमाडौं, २१ फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्नो शान्तिपूर्णरुपमा सञ्चालन गर्न तयार भएको छ ।
सहमतिको पहिलो बुँदामा दुवै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्न सहमत भएको उल्लेख छ । दोस्रो बुँदामा नेकपाले आफ्ना सबै राजनीतक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्न भनिएको छ ।
यस्तै तेस्रो बुँदामा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका कार्यकर्ताको रिहाइ गर्ने र सम्पुर्ण मुद्दा खारेज गरिने भनिएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया