विप्लवले भेटे आफ्ना वार्ता टोली
प्रकाशित:
२०७७, २१ फाल्गुन

काठमाडौं, २१ फागुन। नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्ना वार्ता टोलीका सदस्यसँग भेटेका छन् । शुक्रबारमात्रै उनी काठमाडौंमा सार्वजनिक भएका हुन् ।
सरकार र विप्लव समूहको वार्ता टोलीबीच बिहीबार भएको ३ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर हुँदैछ । हस्ताक्षर समारोह सुरु हुनुअघि विप्लवले आफ्नो वार्ता टोलीमा रहेका खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेसँग भेट गरेका छन् । शुक्रबार नै हिरासतबाट रिहा भएका नेता धर्मेन्द्र वास्तोला पनि भेटमा सहभागी थिए ।
विप्लव हस्ताक्षर कार्यक्रममा सहभागी हुन शुक्रबार नै नवलपरासीबाट गाडी चढेर काठमाडौं आएका हुन् । आजै राष्ट्रियसभागृहमा हुने हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सुडानमा गृहयुद्धका कारण विद्युत् र यातायात सेवा चरम रूपमा प्रभावित
देशमा पश्चिमी तथा स्थानीय वायु प्रभाव, यी पाँच प्रदेशमा वर्षाको सम्भावना
जेठ १५ गते राजावादीको प्रदर्शन, हाई अलर्ट रहन आईजीपीको निर्देशन
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा