बहराइन राजपरिवारका सदस्यले सगरमाथा आरोहण गर्ने
अखबार टुडे
प्रकाशित:
२०७७, २१ फाल्गुन


काठमाडौं, २१ फागुन । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ ।
बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी चैत २ गते बहराइनबाट नेपाल प्रस्थान गर्ने निश्चित भएको जनाएको छ ।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग बिहीबार राजदूतावासमा सो आरोहण दलका केही सदस्यले भेट गर्दै उक्त जानकारी गराएका हुन् ।
बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती नागरिक रहेको सो टोली ७९ दिन नेपालमा रहनेछ । टोली विशेष विमानबाट नेपाल आउने छ ।
सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट टे«कस प्रालिमार्फत भइहेको दूतावासले जनाएको छ । सो टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।
फाइल फोटो

प्रतिक्रिया