विप्लव नवलपरासीबाट सिधै बालुवाटार
अखबार टुडे
प्रकाशित:
२०७७, २१ फाल्गुन

काठमाडौं, २१ फागुन । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) नवलपरासीबाट काठमाडौ आउनेक्रममा छन् । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएसँगै उनी सार्वजनिक हुन लागेका हुन्
दुई वर्षअघि सरकारले विप्लवमाथि प्रतिबन्ध घोषणा गरेको थियो । त्यससँगै भूमिगत भएका विप्लप सहमति भएसँगै शुक्रबार सार्वजनिक हुन लागेका हुन् । उनी नवलपरासीबाट सोझै बालुवाटार जाने जनाएको छ । बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँगको कुराकानीपछि मात्रै राष्ट्रियसभा गृहमा हुने समारोहमा सहभागी हुनेछन् ।
‘उहाँ अहिले काठमाडौँ आउँदै हुनुहुन्छ । काठमाडौ आएपछि सोझै बालुवाटार आउनुहुन्छ’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार र सरकारी वार्ता टोलीका सदस्यसमेत रहेका राजन भट्टराईले भनेका छन्, ‘केही विषयमा छलफल र कुराकानी गर्नुपर्ने भएकाले पहिला बालुवाटारमा भेटवार्ता राखिएको हो ।’ सरकारसँगको वार्तामा सहमति जुटेपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन लागेको हो ।

प्रतिक्रिया