फेरि दुई साता सर्यो मुख्यमन्त्री राईविरुद्ध प्रस्तावमाथिको छलफल
अखबार टुडे
प्रकाशित:
२०७७, १९ फाल्गुन

विराटनगर, १९ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल २ हप्ता पछि सरेको छ । प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको हो ।
यसअघि फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए । प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना जारी गर्दै फागुन २० गतेका लागि बोलाइएको बैठक विशेष कारणले सरेको जानकारी दिएका छन् ।
अबको बैठक चैत २ गते सोमबार १२ः३० बजे बस्नेछ । मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड–माधव समूहले पुस १२ गते अविश्वास प्रस्ताव पेश गरेको थियो ।

प्रतिक्रिया