बालुवाटारमा सरकारी पक्ष र विप्लव समूहबीच वार्ता : विप्लवको दुई शर्त
अखबार टुडे
प्रकाशित:
२०७७, १९ फाल्गुन

काठमाडौं, १९ फागुन । सरकारद्वारा प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सरकारी पक्षबीच शुक्रबार वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता सुरु भएको हो ।
विप्लव समूहका तर्फबाट नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’ दुई सदस्यीय टोली रहेका छन् । टोलीले प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेकाको रिहाइ र आफ्ना नेता÷कार्यकर्ताहरुलाई लगाइएको मुद्दा हटाउनुपर्ने शर्त राखेका छन् ।
त्यस्तै सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्रसल्लाहकार डा. राजन भट्टराई वार्ता टोलीका सदस्य छन् । वार्ता निरन्तर चलेको छ । सरकारले २०७५ फागुन २८ गते नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएको थियो । ओली नेतृत्वको सरकारले नै विप्लवमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि २ हजारबढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । अहिले पनि विप्लव समूहका १ सय २६ जना नेता पूर्पक्षको लागि कारागारमा छन् ।

प्रतिक्रिया