अमेरिकाले अघि सारेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’मा बंगलादेश सामेल नहुने
अखबार टुडे
प्रकाशित:
२०७७, १८ फाल्गुन

ढाका, १८ फागुन (एजेन्सी) । बंगलादेश संयुक्त राज्य अमेरिकाले अघि सारेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’अन्तर्गत कुनैपनि किसिमको सुरक्षा सहकार्यमा सामेल हुने विचार नगरेको एक अधिकारीले बताएका छन् ।
बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले सोमबार राजधानी ढाकामा पत्रकारहरूको समूहसँग कुरा गर्दै सरकारको पछिल्लो धारणा सार्वजनिक गरेका हुन् । उनले व्हाइट हाउसका एक अधिकारीले आफूलाई यस मुद्दाको बारेमा हालसालै सम्पर्क गरेको बताए ।
उक्त अवसरमा अमेरिकी अधिकारीले भारत–प्रशान्त क्षेत्रमा कडा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने योजनालाई अघि सारेको बताएको बताइएको छ । मोमेनले बंगलादेशको अग्रणी निजी समाचार एजेन्सी यूएनबीसँग सोमबार भने, ‘हामीले भनेका थियौँ कि हामी यसको बारेमा सोच्ने पनि छैनौँ । हामी सुरक्षित छौँ । बरु हामी आर्थिक विकास र पूर्वाधार विकासमा रुचि राख्छौँ ।’
उनले बंगलादेशले अब यसको विकासलाई बढी महत्व दिन्छ । उनले भने, ‘हामी पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्दैछौं र हाम्रा जनतालाई उत्कृष्ट जीवन प्रणाली विकासका लागि कार्यक्रम दिइनेछ ।’

प्रतिक्रिया