प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्यलाई परिचयपत्रसहित पार्टी कार्यालयमा आउन निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७७, १८ फाल्गुन

काठमाडौं, १८ फागुन । नेकपा प्रचण्ड–माधव समूहले आफू पक्षका केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । उनीहरुलाई बुधबार दिउँसो एक बजे पार्टी मुख्यालय पेरिसडाडाँमा अनिवार्य उपस्थित हुन निर्देशन गरेको हो ।
सोमबार सिंहदरबारमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो एक बजे केन्द्रीय कमिटी बैठक बस्ने र आफ्नो समूहका नेताहरुलाई अनिवार्य उपस्थित गराउने निर्णय गरेको हो ।
एक नेताका अनुसार पार्टी कार्यालयको निर्देशनपछि उपत्यकाबाहिर विभिन्न कार्यक्रममा रहेका नेताहरु राजधानी फर्कदैछन् । केन्द्रीय कमिटी बैठक बोलाइएपछि कतिपय पूर्वनिर्धारित कार्यक्रमसमेत स्थगित गरिएको छ ।
केन्द्रीय कमिटी बैठक अगाडि स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक बुधबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाडाँमै बस्ने भएको छ । यो समूहले गएको २० माघमै पार्टी वैधानिकता दावी पत्र निर्वाचन आयोगमा पेश गरेको छ ।

प्रतिक्रिया