आवश्यक परेमा पार्टी आधिकारिकताको प्रमाण पेश गरिन्छ : अध्यक्ष नेपाल
अखबार टुडे
प्रकाशित:
२०७७, १८ फाल्गुन

विराटनगर, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने बताएका छन् ।
नेपाल प्रेस संघठन मोरङद्वारा यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको पनि जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने विचार राखे ।
नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा पूर्वप्रधानमन्त्री नेपालले राखे । निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठ्ठी नै लेखेर पठाइसकिएको बताउँदै नेता नेपालले आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण पेश गरिने बताए ।

प्रतिक्रिया