सरकारसँग वार्ता गर्न विप्लवको वार्ता टोली घोषणा
अखबार टुडे
प्रकाशित:
२०७७, १८ फाल्गुन

काठमाडौं, १८ फागुन । सरकारले वार्ता टोली गठन गरेसँगै नेकपा विप्लव समूहले पनि सरकारसँग वार्ता गर्न टोली बनाएको छ । नेकपा विप्लवले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सारेको हो ।
विप्लवले मंगलबार विज्ञप्तिमार्फत प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउने सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् ।
आजै विप्लव पक्षसँग वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले पनि टोली घोषणा गरेको हो । मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफँैले पहल थालेर वार्तामा बोलाएको हो ।

प्रतिक्रिया