इन्दिरा र चक्रको ‘हातमा बाला’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, १८ फाल्गुन

काठमाडौं, १८ फागुन । गायिका इन्दिरा शाह ‘युनिक’ र हरि गिरि बिमर्शीको स्वरमा नयाँ गीत ‘हातमा बाला’ बोलको गीत सार्वजनिक भएको छ । लोक फ्लेवरको डासिन्सङ उक्त गीतको भिडियोमा चक्र बम र यांग्शु श्रेष्ठको अभिनय रहेको छ ।
सार्वजनिक गीतमा हरि गिरी बिमर्शीकै शब्द तथा संगीत रहेको छ । उक्त गीतमा संगीत संयोजन कृष्ण केसीले गरेका हुन् । वान डिबी स्टुडियोमा रेर्कर्डिङ गरिउको यस गीतलाई एचबिएन किस्मतले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको भिडियोमा चक्र र यांग्शुको रोमान्सलाई समेटिएको छ । भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन् । यस गीतबाट आफू निकै आशावादी रहेको गायिका इन्दिराले बताइन् । उनले भनिन्, ‘यसपटक डान्सिङ बीटको गीत ल्याएकी छु, श्रोता तथा दर्शकले रुचाइदिनु हुन्छ भन्नेमा अपेक्षित छु ।’

प्रतिक्रिया