‘शैलुङ्गे मेला’मा राजु लामा र एलिशा (भिडियो)
प्रकाशित:
२०७७, १७ फाल्गुन

काठमाडौ, १७ फागुन । नेपाली गीत संगीत क्षेत्रमा तामाङ सेलोको आफ्नो छुट्टै पहिचान छ । बिशेषतः तामाङ सेलोमा पहिचान बनाएका गायक, गीतकार तथा संगीतकार अनिल लामाको ‘शैलुङ्गे मेला’ बोलको गीत सार्वजनिक भएको छ ।
चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हर्टका गायक राजु लामाको स्वरमा तथा अनिल लामाको शब्द, संगीतमा बनेको गीतमा फणीन्द्र राईको संगीत संयोजन छ । मित्र लामाले गीतको अडियो मिक्सिङ मास्टरिङ गरेका हुन् ।
सोनाम पाख्रिनको निर्देशनमा बनेको म्युजिक भिडियोमा स्वयंम गायक राजु लामा र चर्चित मोडल एलिशा राई फिचर्ड छन् । शैलुङलगायत आसपासमा छायाँकन गरिएको म्युजिक भिडियोमा एक जोडीको बिछोड प्रेमकाहानी प्रस्तुत गरिएको छ । राजु र एलिशाको साथमा साजन मोक्तानको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त