नेकपा प्रचण्ड-माधव समूहको सिंहदबारभित्र रणनीतिक बैठक
अखबार टुडे
प्रकाशित:
२०७७, १७ फाल्गुन

काठमाडौ, १७ फागनु । प्रतिनिधिसभाको अधिवेशन आह्वान भएसँगै रणनीति बनाउन नेकपा प्रचण्ड–माधव समूहको सोमबार सचिवालय बैठक बसेको छ ।
सिंहदरबार संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्तावबारे छलफल केन्द्रित रहेको छ । नेकपा एक नेताका अनुसार पार्टीभित्र देखिएको कानूनी अड्चनदेखि कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफलबारे व्रिफिङ हुँदैछ । कांग्रेस र जसपाले आधिकारिकता खोजेपछि यो समूह रणनीति बनाउन जुटेको हो ।
फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ गते अपरान्ह ४ बजे अधिवेशन आह्वानको सिफारिस गरेको छ । अब बस्ने संसद बैठकमा प्रचण्ड–माधव समूहको प्रस्तुती र निर्वाचन आयोगले वैधानिकता विवाद नटुंग्याएको विषयमा समेत छलफल हुने भएको छ ।

प्रतिक्रिया