जीवनशैली

कृषा भइन् १५औँ मिस नेवाः

काठमाडौं, १६ फागुन । डल्लुकी कृषा महर्जनले यस वर्षको मिस नेवाको उपाधि जितेकी छन् । नेप्लीज फेसन होमद्वारा शनिबार राजधानीमा आयोजित प्रतियोगितामा कृषाले आफ्ना १४ प्रतिस्पर्धीलाई पछि पार्दै कृषा १५औँ मिस नेवाः बन्न सफल भएकी हुन् ।
प्रतियोगितामा कृषाले उपाधिसँगै नगद १ लाख रुपैयाँ प्राप्त गरेकी छन् । प्रमूख निर्णायक नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर भानुराज श्रेष्ठले सोधेको मनको घाउ र बाहिरी घाउमा कुन बढी दुख्छ ? भन्ने प्रश्नमा कृषाले उत्कृष्ट जवाफ दिएकी थिइन् ।
प्रतियोगितामा ललितपुरको पाटन सुन्धाराकी प्रिया तण्डुकार मिस नेवाः नेपाल फस्ट रनरअप र कलंकी काठमाडौंकी कृष्टिना महर्जन सेकेण्ड रनरअप चुनिए । उनीहरुले उपाधिवापत क्रमशः २५ हजार र १५ हजार रुपियाँ प्राप्त गरेका छन् ।
प्रियाले मिस पब्लिक च्वाईस र कृष्टिनाले मिस चार्मिङको उपाधि पनि चुमे । रोजिन शाक्यको कोरियोग्राफी तथा उनका साथमा पूर्वमिस नेवाः नेपाल सुनिता डंगोलद्वारा सञ्चालित प्रतियोगितामा नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका मेनेजर सरोजकुमार शाक्य, स्पेशल ओलम्पिक नेपालका अध्यक्ष डा. शिक्षिता श्रेष्ठ, कन्र्सन नेपालका निर्देशक डा. विजय सैंजु, पूर्वमिस नेवाः नेपाल एलिशा बज्राचार्य र नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित निर्णायक रहेका थिए ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top